जोसमा होस नपूराउँदा कहिलेकाही ठूलै वित्यास पर्छ । बेलायतमा भएको छ यस्तै । दक्षिणी लण्डनको डेप्टर्फडस्थित एक आवासीय भवनमा बरण्डामै सेक्स गर्दा लडेर दुइ किशोरी किशोरी परमधाम पुगेका छन् । नाइट्स टावरको छैटौँ तलाको बाल्कोनीमा सम्भोग गर्ने क्रममा तल खसेर १८ वर्षका किशोर र १९ वर्षकी किशोरीले ज्यान गुमाए । बुधबार भएको यो घटनाका प्रत्यक्षदर्शीका अनुसार मध्यरातमा बरण्डामै रतिक्रिडामा मस्त हुँदा ती वैशालु जोडीले ज्यान गुमाए । छैटौँ तलामा भित्र पार्टी चलिरहेको बेला उक्त जोडी बरण्डामा आएर सम्भोगमा लिप्त भएको थियो । बरण्डाको रेलिङमा अडेस लागेर युवकले युवतीलाई आफ्नो बाहुपासमा लिई सम्भोग क्रिया गरिरहेका थिए ।
स्थानीय बासिन्दाका अनुसार यसअघि पनि पटक पटक बरण्डामै यस्तो चर्तिकला देखाउने ती युवक युवती दुर्घटनाको दिन पनि धेरैपटक भित्र बाहिर गर्दै अश्लील कार्य दोहोराइरहेका थिए । तर अन्तिममा दुबैजना एक्कासी बरण्डाबाट तल खसिरहेको दृश्य देखियो र भुइँमा बजारिए ।
स्थानीय बासिन्दाहरु तल पुग्दा किशोर किशोरी रगतको आहालमा डुबेका थिए र उनीहरुको मृत्यु भइसकेको थियो ।
प्रहरीले घटनाको अध्ययन गरिरहेको छ । मृतक किशोर किशोरीको नाम खुलाइएको छैन ।